अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र सुवास नेम्वाङबीच भेट, के भयो कुराकानी?

माधव नेपाल र सुवास नेम्वाङबीच भेट, के भयो कुराकानी?


Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेट भएको छ । आज भएको भेटमा नेम्वाङले नेता नेपाललाई पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्नुभयो ।

दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक हुनुहुन्थ्यो । ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,’ नेम्वाङले भन्नुभयो ।

उहाँले आफूले भेटमा दश बुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको बताउनुभयो । ‘दश बुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङले भन्नुभयो ।

जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताउनुभएको थियो ।