अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् विस्तारमा देउवालाई माधव नेपाल पक्षले खोलिदियो बाटो

मन्त्रिपरिषद् विस्तारमा देउवालाई माधव नेपाल पक्षले खोलिदियो बाटो


काठमाडौं– नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खोलिदिएको छ । सम्भवतः देउवाले आज नै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ ।

पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने जानकारी नेपालले देउवालाई दिनुभएको छ । नेपालको सुझावअनुसार देउवाले आज माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

नेपाल निकट नेता बेदुराम भुसालले सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आए पनि स्वीकार गर्न नसकिएको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।

बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको थियो । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताउनुभएको छ ।