अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अब महिला यूथ फोर्स

एमालेमा अब महिला यूथ फोर्स


काठमाडौं -नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले यूथ फोर्स गठन गरेको करिब दुई साता पछि महिलाहरुलाई संगठित गर्ने गरी महिला युथ फोर्स गठनको तयारी गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन २३ गते महिला युथ फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम छ । ‘कानुन हातमा होइन साथमा लिएर समाजमा रहेका विकृति विरुद्ध पहरेदारी गर्ने’ उद्धेश्य बोकेर यो फोर्स गठन गरिएको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।
‘समाजमा महिला धेरै प्रकारबाट पिडित छन् । उनीहरुले भोगेका धेरै कुरा बाहिर आउदैनन् । उनीहरु अन्याय सहेरै बस्न बाध्य छन्’ पौडेलले भने ‘राजनीतिक खबरदारीका साथै अन्यायमा परेका महिलाहरुको सहयोगी बनेर महिला युथ फोर्स घरघरमा पुग्नेछ । ’
महिला युथ फोर्सको संयोजक कसलाई बनाउने र कति सदस्यीय हुने भन्ने बिषयमा एक दुईदिन भित्र निर्णय हुने पौडेलले जानकारी दिनुभयो ।