काठमाडौं -कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि नियन्त्रणका उपायबारे रणनीति बनाउन सिसीएमसीको बैठक आज बस्दैछ ।
सिसिएमसी सचिवालयका अनुसार आज साँझ चार बजे प्रधनमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा बैठक हुन लागेको हो । पछिल्ला दिनमा कोरोना संक्रमण नियमित उकालो लागिरहेकोले नियन्त्रणका लागि उपायका बारेमा छलफल गर्नका लागि बैठक आयोजना गर्न लागिएको हो । स्रोतका अनुसार कोरोना नियन्त्रणका लागि सिसिएमसीले तयार पारेको प्रतिवेदनका आधारमा राजधानी लगायत केही स्थानहरुमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर सार्वजिनक स्थानमा आउजाउलाई कडाइ गर्न लागिएको छ ।
प्रतिक्रिया