अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा जीप खस्यो : दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते

कर्णालीमा जीप खस्यो : दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते


कैलाली– कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज दिउँसो कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित चिसापानी-सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको हो ।

ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको प्रहरीले जानएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उहाँकी श्रीमती रूपी जोशी नदीमा बेपत्ता भएका हुन् ।

उहाँहरूको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरू १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् ।

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उहाँहरू दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।