अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्मार्ट लक डाउनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस

स्मार्ट लक डाउनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस


काठमाडौं – कोभिड संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड -१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

बैठकपछि सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिनुभयो्े ।
उहाँका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।

‘स्मार्ट लकडाउनको अवधारणा पेश भएको छ र आजैदेखि छलफल सुरु भएको छ’ प्रवक्ता खतिवडाले भन्नुभयो ‘यसबारे चाँडै बस्ने बैठकले टुंगो लगाउनेछ ।’ संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ ।

प्रधानमन्त्रीद्वारा क्यूआर कोर्ड लागू गर्न निर्देशन
सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिनुभएको छ । कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रम देउवाले क्यूआर कोड लागू गर्न भन्नुभएको हो ।