काठमाडौं -माधव नेपाल समूहका सांसद मेटमणि चौधरीले एमालेबाट निर्वाचनमा जाँदा आफ्नो पक्षले कही पनि चुनाव नजित्ने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चौधरीले सबैतिर चुनाव हार्ने आफ्नो पक्षको निष्कर्ष भएकोले नयाँ पार्टी बनाउनु पर्ने बाध्यता आइलागेको बताउनुभएको छ ।
एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ। तर, हामी यो रिस्क मोल्न चाहँदैनौं। यसको लागि फेरि पनि बृहत टाइपको कम्युनिष्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमालेभित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिष्ट पार्टीहरू छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिष्ट आन्दोलनसँग आइडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा ठूलो पार्टी, र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने निष्कर्ष आफ्नो समुहको रहेको चौधरीले बताउनुभयो ।
साक्षात्कारमा बोल्दै चौधरीले आफ्नो समूह आजरभोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पार्नुभएको छ । उहाँले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुने पनि जानकारी दिनुभयो ।







प्रतिक्रिया