अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीन -नेपाल औद्योगिक पार्कद्वारा दमक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चीन -नेपाल औद्योगिक पार्कद्वारा दमक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं – चीन -नेपाल मैत्री औद्योगिक पार्कले दमक अस्पताललाई कोरोना संक्रमणमा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।

चीनबाट आएको सामाग्री आज दमक पुर्याइदैछ ।

नेपाल -चीन औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार १५ थान अक्सिजन कन्सन्ट्रेटर, एन ९५ माक्स लगायतका स्वास्थ्य सामाग्री उपलब्ध छन् । औधोगिक पार्क क्षेत्रका नागरिकलाई कोरोना संक्रमण भएको अवस्थामा उपचारमा सहज होस भनेर यी सामग्री दमक कोभिड अस्पताललाई उपलब्ध गराइएको थापाले जानकारी दिनुभयो ।
नेपाल चीन औद्योगिक पार्क झापाको कमल,दमक र गौरादहमा निर्माण हुदैछ । यस पार्कलाई चीनले चीन -नेपाल औद्योगिक पार्क भन्ने गरेको छ ।