बिर्तामोड- एक हप्ताका लागि डीसीसीएमसी झापाले जिल्ला सिल गर्ने निर्णय गरिसकेको छ । आज राती १२ बजेबाट झापा जिल्लाभर सिल हुदैछ । जिल्लामा कोरोना संक्रमण अनियन्त्रित भएपछि सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । यसअघि झापाको ११ वटा पालिकाले सिल गरेका थिए ।
सिल भएको समयमा सबै व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ । अत्यावश्यक बाहेकले पसल खुला गरेमा कानुन बमोजिम कारवाही गरिने बताइएको छ ।






प्रतिक्रिया