अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विघटित कार्यदल पुनः सक्रिय, स्थायी कमिटी बैठकअघि विवाद समाधान प्रयास

एमालेको विघटित कार्यदल पुनः सक्रिय, स्थायी कमिटी बैठकअघि विवाद समाधान प्रयास


काठमाडौं– नेकपा एमालेको विघटित विवाद समाधान कार्यदल पुनः सक्रिय भएको छ ।

एमालेले वारपारका लागि भन्दै बोलाएको स्थायी कमिटी बैठकअघि कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा कार्यदल बैठक जारी छ ।

एमालेले कार्यदल विघटन गरे पनि अनौपचारिकरुपमा गतिविधि भइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद शनिबारसम्म समाधान गर्न नेताहरुलाई निर्देशन दिनुभएको थियो ।