अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र दाहालबीच छलफल, माधव नेपाललाई भोलिसम्मको समय दिइने

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र दाहालबीच छलफल, माधव नेपाललाई भोलिसम्मको समय दिइने


काठमाडौं– मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुने निर्णय गर्न भोलिसम्मको समय दिने समझदारी भएको छ ।

माधव नेपाल पक्षलाई ६–७ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार छन् ।