अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा सडक मानवमा कोरोना पुष्टि, उपमेयरद्वारा आफ्नै गाडीमा राखेर उद्धार

दमकमा सडक मानवमा कोरोना पुष्टि, उपमेयरद्वारा आफ्नै गाडीमा राखेर उद्धार


झापा– दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले कोरोना संक्रमण पुष्टि भएका एक जना सहयोगापेक्षी (भीख माग्ने) सडक मानवको उद्धार गर्नुभएको छ ।

दमक बसपार्कमा मागेर जीविका चलाउँदै आउनुभएका करिब ६५ वर्षीय पुरुषलाई परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उपप्रमुख अधिकारीले विक्षिप्त अवस्थामा बसपार्कमा बसिरहेको देखेपछि ती सडक मानवलाई बुधबार दिउँसो आफ्नै गाडीमा राखेर सुरुमा नगरपालिका पुर्‍याउनुभएको थियो ।

‘नगरपालिकामा नुहाईधुवाई गरेपछि कोभिड परीक्षणका लागि अस्पताल लगिएको थियो,’ दमक नगरपालिकाकी उपप्रमुख अधिकारीले भन्नुभयो, ‘त्यसपछि जाँच गर्दा उहाँमा कोरोना पोजिटिभ देखियो ।’

दमक–१ बेलँडागीमा दमक कोभिड अस्पताल छ । उहाँलाई कोरोना पोजिटिभ पुष्टि भएपछि हाल सोही अस्पतालमा राखेर उपचार भइरहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।

उहाँको हेरचाहका लागि नगरपालिकाले एक जना कर्मचारी खटाएको छ ।

दमक कोभिड अस्पतालकी फोकल पर्सन देवी दंगालले उपचारका लागि भर्ना भएका सडक मानव पुरुष भएको र उनको अस्वस्थताका कारण नाम र ठेगाना नखुलेको जानकारी दिनुभयो ।