अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले चयन हुनु भएको छ ।आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो ।

संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको सांसद प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन हुनु भएको हो ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो ।

सांसदहरूले आफ्ना धारणा राखेपछि यादवलाई नेता चयन गरिएको हो ।