अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब माधव नेपाललाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं : सूर्य थापा

अब माधव नेपाललाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं : सूर्य थापा


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले माधवकुमार नेपाललाई देउवा र प्रचण्डकै सहयोगी बन्न दिनुपर्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उहाँले देउवा र प्रचण्डको सहयोगी बन्नबाट माधवलाई कसैले रोक्न नहुने बताउनुभएको हो ।

‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँ? कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे ! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं !,’ नेता थापाले लेख्नुभएको छ ।