अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५६ लाख ८३ हजार नेपालीले कोरोना विरुद्धको खोप लगाए

५६ लाख ८३ हजार नेपालीले कोरोना विरुद्धको खोप लगाए


काठमाडौं- हिजो शनिबार एकै दिन नेपालमा २ लाख लाख ८१ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शनिवार राती सामाजिक सञ्जालमा लेख्दै यो जानकारी दिनुभएको हो ।

श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार २ लाख ८० हजार ९ सय ४१ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्। हालसम्म नेपालमा ५६ लाख ८२ हजार ६ सय २७ जना नागारिकले कोरोनाविरुद्धको खोप लगाइसकेको श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
नेपालमा पछिल्लो समय सबैभन्दा धेरै कोरोनाविरुद्धको खोप चीनबाट आएको छ। चीनले अनुदान र विक्री गरेकोसहित ४० लाख बढी डोज खोप पठाइसकेको छ। त्यसैगरी अमेरिका र भारतबाट पनि खोप आएको छ। भारतले सबैभन्दा सुरुमा केही लाख डोज खोप दिए पनि अहिले उसले दोस्रो मुलुकमा निर्यात रोकेको छ।