काठमाडौं– महाकाली नदीमा भारतीयले तुइन काटिदिंदा एक युवा बेपत्ता भएको समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त घटनाको अनुसन्धान तथा छानविन जारी रहेकोले सत्यतथ्य नबुझी भ्रम सृजना नगर्न सबैलाई आग्रह गरेको छ ।
साउन १५ गते दार्चुलाको व्यास गाउँपालिकाको मालघाट तुइन तर्ने क्रममा भारतीय एसएसबिका जवानले तुइन काटिदंदा जयसिंह धामी बेपत्ता हुनुभएको छ ।
यस विषयमा नेपाली सञ्चार माध्यमले भारतीय पक्षले अमानवीय र मानवअधिकारको घोर उल्लंघन गरेको समाचार प्रकाशन गरिरहेका छन् । गृह मन्त्रालयले यस्ता समाचार र सम्पादकीयलाई रोक लगाउने गरी विज्ञप्ती जारी गरेकोमा धेरैतिर आलोचना भएको छ ।
प्रतिक्रिया