अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालपक्षीय नेताहरू अध्यक्ष ओलीसँग निरन्तर संवादमा

नेपालपक्षीय नेताहरू अध्यक्ष ओलीसँग निरन्तर संवादमा


काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाल पक्षीय नेताहरू निरन्तर संवादमा जुटेका छन् ।

एमाले उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले शनिबार पनि अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । दुई नेतासँगको भेटपछि अध्यक्ष ओलीले शनिबारको स्थायी कमिटी बैठक रोक्नुभएको थियो ।

शनिबार रोकिएको बैठक आज हुँदैछ । तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् ।

रावल र पाण्डेले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।

रावल र पाण्डेसँगको भेटमा अध्यक्ष ओली र नेपाल दुवैले आफूले अघि सार्दै आएका अडान नछोड्ने बताएका थिए । नेता नेपालले ओलीसँग समान हैसियतमा मात्रै एकता हुने अडान अघि सार्दै आउनुभएको छ भने ओली दोस्रो अध्यक्ष दिन तयार भए पनि समान हैसियत दिन सहमत हुनुहुन्न ।