काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिन बिराउँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरिरहनुभएको छ ।
माधव नेपाललाई सरकारमा ल्याउन प्रचण्डले माधव नेपालालाई मनाउन दिन बिराउँदै कोटेश्वर निवास गएर मनाउने प्रयास गर्नुभएको छ ।
आइतबार पनि ललितपुर हरिसिद्धिस्थित नारायणकाजी श्रेष्ठको निवासमा बैठक बसेपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।
मन्त्रिपरिषद विस्तारका विषयमा प्रचण्ड र नेपालबीच छलफल भएको स्रोतले बताएको छ ।
नेपालले भीम रावललगायतका नेताहरु सरकारमा जाने विषयमा सकारात्मक नभएको प्रतिक्रिया दिनुभएको छ ।







प्रतिक्रिया