अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणबाट ओखलढुंगामा थप दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट ओखलढुंगामा थप दुई संक्रमितको मृत्यु


ओखलढुंगा- कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–१२ का ६९ वर्षीय र वडा–११ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

वडा नम्बर ११ का पुरुषको शनिबार राति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । संक्रमण देखिएपछि उहाँलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै‚ वडा नम्बर १२ का एक पुरुषको आइतबार बिहान मृत्यु भएको हो। उहाँ साउन १४ गते कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै ओखलढुङ्गामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।