काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधवकुमार नेपाल समूह सरकारमा नआउने बताउनुभएको छ । उहाँले माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा यस्तो बताउनुभएको हो ।
अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने प्रचण्डको भनाई थियो ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको थियो ।
एमाले वरिष्ठ नेता नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै प्रचण्डले बैठकमा भन्नुभयो, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उहाँले बताउनुभएको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।







प्रतिक्रिया