कपिलवस्तु- विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमाले कपिलवस्तुका अनुसार लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य लिला गिरीले शनिबार एक कार्यक्रममा बीच टिका तथा अविरले एमालेमा स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गर्नेमा तत्कालिन लोकतन्त्रिक फोरमबाट गाउँपालिका अध्यक्षमा चुनाव लड्नुभएका हलिम मुसलमान, जमिल मुसलमान, करिम मुसलमान, अख्तर मुसलमान रहनुभएको छ ।
एमालेका केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अबको स्थानीय चुनावमा एमालेले मायादेवि गाउपालिका जित्ने आधार बनेको भन्दै थप प्रगतीका लागि अहोरात्र खट्न पार्टी कार्यकर्तालाई आग्रह गनुभयो ।
एमालेका प्रदेश नेता एवम संविधान सभा सदस्य बलराम अधिकारीले वर्षौदेखि नागरिकता नपाएका मधेसीहरुलाई नागरिकता र भूमिहिनलाई भूमि दिलाउन एमालेले जुनसुकै अवस्थामा पनि डटेर लाग्ने वताउनुभयो ।







प्रतिक्रिया