अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोप लगाउन जाँदा कर्णालीमा डुंगा दुर्घटना : तीन जना बेपत्ता, दुई घाइते

खोप लगाउन जाँदा कर्णालीमा डुंगा दुर्घटना : तीन जना बेपत्ता, दुई घाइते


कैलाली- कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । साथै, दुर्घटनामा दुई जना घाइते भएका छन । ढुंगामा सवार उहाँहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै थिए ।

प्रहरीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका-३ बाट सुर्खेतको चौकुने गाउँपालिका-४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

मोहन्याल गाउँपालिका-३ की २० वर्षीया पार्वती थापा, वडा नम्बर ३ कै २० वर्षीया उर्मिला सलामीमगर र उहाँका १० दिनका छोरा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उहाँकै १ महिनाको छोरा कर्ण रहेका छन् ।

घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।