काठमाडौं– गत २४ घण्टामा नेपालमा १ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३६ परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।







प्रतिक्रिया