काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालको जिद्दी र स्वार्थका कारण नेकपा विघटन भएको बताउनुभएको छ । साथै, उहाँले नेपालकै कारण एमाले पनि फुटको संघारमा पुगेको बताउनुभयो ।
आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘राजाको पाउमा भेटी चढाउँदै कम्युनिस्ट आन्दोलन विर्सजन गरेकाले पार्टी फुटाए । नेकपा फुटाउनुपर्ने कुनै कारण थिएन । कसैको स्वार्थ र जिद्दीका कारण विघटन भयो । एमाले पनि त्यही परिस्थितितिर गइरहेको छ ।’
उहाँले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन क्रियाशील नेताहरूले पार्टीभित्र अराजकता निम्त्याएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको सरकार ढाल्नैपर्छ भनेर दक्षिणपन्थी सरकार बनाउन साथीहरू प्रतिक्रियावादीको पछिपछि लागेर जानुभयो ।’







प्रतिक्रिया