अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला घटनाका दोषीलाई तत्काल कारबाही नगरिए कडा आन्दोलन गर्ने युवा संघको चेतावनी

दार्चुला घटनाका दोषीलाई तत्काल कारबाही नगरिए कडा आन्दोलन गर्ने युवा संघको चेतावनी


काठमाडौं– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा संघ नेपालले राजधानीमा प्रदर्शन गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका-२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनु भएको छ ।

तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

युवा संघले यस विषयमा सरकार मौन बसेको बताउँदै तत्काल दोषीलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।