अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीलाई एकतावद्ध बनाएर लैजान सबै प्रयास गर्ने एमाले बैठकको निर्णय

पार्टीलाई एकतावद्ध बनाएर लैजान सबै प्रयास गर्ने एमाले बैठकको निर्णय


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजान सबै प्रयास गर्ने निर्णय गरेको छ ।

आज ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले सो निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलले भन्नुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराउनुभएको थियो ।