अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज ९ गतेसम्ममा एमालेको स्थानीय तहको अधिवेशन गर्नुपर्ने

असोज ९ गतेसम्ममा एमालेको स्थानीय तहको अधिवेशन गर्नुपर्ने


काठमाडौं– नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति निर्धारण गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ सम्म गरिसक्ने निर्णय हो ।

बैठकपछि महासचिव ईश्वर पोखरेलले दिनुभएको जानकारीअनुसार पालिका अधिवेशनका लागि अन्तिम मिति असोज ९ गते तोकिएको छ । यसैगरी, बैठकले साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै विधानभन्दा बाहिर पार्टी नजाने निर्णय पनि भएको बताउनुभयो । २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने उहाँको भनाई छ ।

बैठक सोमवार पुनः ३ बजे बस्नेछ ।