अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अब दशौं महाधिवेशनतिर

एमाले अब दशौं महाधिवेशनतिर


काठमाडौं– नेकपा एमालेले महाधिवेशन केन्द्रीत कामहरू सुरु गरेको छ ।

आजको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनका लागि चार वटा कार्यदल गठन गरेको छ । पार्टी प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदनको मस्यौदा कार्यदल, महासचिव इश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव मस्यौदा कार्यदल, उपमहासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र स्थायी समिती सदस्य रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

यी कार्यदललाई अन्तिम रूप दिन र अन्य विषयमा छलफल गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।