अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला घटनामा भारतीय पक्षसँग जानकारी माग्न एमालेको माग (विज्ञप्तिसहित)

दार्चुला घटनामा भारतीय पक्षसँग जानकारी माग्न एमालेको माग (विज्ञप्तिसहित)


काठमाडौं– नेकपा एमालेले दार्चुला घटनामा भारतीय पक्षसँग जानकारी माग्न सरकारलाई माग गरेको छ ।

आज स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिअनुसार दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ती दिन पनि माग गरिएको छ ।

‘दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रुर घटनाको निन्दा गर्दै उक्त घटना सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस बिषयमा भारतीय पक्षसँग जानकारी माग गर्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ती दिलाउन सरकारको गम्भीर ध्यानकर्षण गर्ने निर्णय गरेको छ ।’