अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी स्थायी कमिटी बैठक आज

माओवादी स्थायी कमिटी बैठक आज


काठमाडौं-सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ।
त्यसका लागि आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहनेछ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो।
यस्तै सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा स्थायी कमिटीलाई नै छ, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइनसकिएको नेता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन्। माओवादीले ७ मन्त्रालय पाउने भनिएको छ।