काठमाडौं- युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकृत भएको छ ।
इन्स्योरेन्स र नेप्सेबीच दोस्रो बजारमा कारोबारका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र नेप्सेका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले असार २४ देखि २८ गते सम्म आईपीओ निष्कासन गरेकामा असार ३१ मा बाँडफाँट गरेको थियो । आईपीओमा परेको शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा भइसकेको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन र बिक्री प्रबन्धकको कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।
कम्पनीले प्रभु क्यापिटललाई आगामी दुई वर्षको लागि २०७८ श्रावण १ देखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।







प्रतिक्रिया