अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवादका बीच एमाले सक्रियता बढ्यो

विवादका बीच एमाले सक्रियता बढ्यो


काठमाडौं- पार्टी विवाद भइरहँदा एमालेले आफ्ना गतिविधिलाई तीब्रता दिन सुरु गरेको छ ।

भदौ २७ र २८ गतेका विधान महाधिवेशन तोकेको एमालेले संगठनलाई थप जीवन्त बनाउन स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको छ ।

पार्टी बैठक चलिरहँदा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर विवाद समाधानबारे छलफल गर्नुभएको छ ।

एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । एमालेले साउन २४ गते केन्द्रीय कमिटीको बैठकसमेत बोलाएको छ ।