अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा

एमालेको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा


काठमाडौं- कर्णालीका चार सांसद पुनर्बहालीविरुद्ध सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको बेन्चमा परेको छ ।

कर्णाली प्रदेशसभाका चार एमाले सांसदले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि गरेको कारवाहीका आधारमा पदमुक्त भएकामा प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो ।

सर्वोच्चले प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर वहादुर थापालाई पुनर्वहाली गरेको थियो ।