काठमाडौं– दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली नेकपा एमालेमै फर्किनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत जुटाएर विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि निवेदन दिएकै दिन वली एमालेमै फर्किनुभएको हो ।
योसँगै सत्ता राजनीतिमा फेरबदल आएको छ ।
नेकपाबाट निर्वाचित वलीले केही महिनाअघि आफू माओवादीमा रहने घोषणा गर्नुभएको थियो । उहाँले एमाले रोजेलगत्तै विपक्षी गठबन्धनको संख्या घटेको छ ।
वलीले जारी गरेको विज्ञप्ति :
प्रतिक्रिया