काठमाडौं– कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको सरुवा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरुवा गरेको हो । गौतमको स्थानमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।
गत जेठ १० डाक्टर गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो ।







प्रतिक्रिया