काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले दार्चुला घटनाबारे सरकारले यथार्थ जानकारी गराउने दाबी गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली पठाएको भन्दै केही दिनमै वास्तविक घटना विवरण आउने जानकारी गराउनुभयो ।
उहाँले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभयो ।
प्रतिक्रिया