अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३१२५ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

आज ३१२५ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । तीमध्ये ९ हजार ८९८ जनाको मृत्यु भएको छ भने हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।