अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादी छाडेका चार नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

माओवादी छाडेका चार नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं– नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदहरूको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कारबाहीविरुद्धको मुद्दामाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले कारबाही फिर्ता गरी सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।