अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद मिलाउने कसरत, अध्यक्ष ओली र नेता नेपालबीच भोलि भेट हुने

एमाले विवाद मिलाउने कसरत, अध्यक्ष ओली र नेता नेपालबीच भोलि भेट हुने


काठमाडौं– पार्टीमा देखिएको जारी विवाद मिलाउनका लागि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट हुने भएको छ ।

एमाले स्रोतका अनुसार आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गर्नुभएको थियो । यता माधव नेपालसँग भमि रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले आइतबार नै बिहान आठ बजे देखि दिउँसो तीन बजेसम्म छलफल गर्नुभएको थियो । आफ्नो आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तलहमा छलफल भएपछि मंगलबार अध्यक्षलाई भेट्न नेपाल तयार हुनुभएको हो । ‘माधव नेपाललाई बालकोटमा निम्ता छ,’ अध्यक्ष ओलीले नेम्वाङ र पौडेललाई खबर पठाउनुभएको थियो ।

‘रातभरीमा कुनै नाटकीय परिवर्तन भएन भने भोलि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट हुन्छ,’ नेम्वाङले भन्नुभयो ‘भेटघाटको समय र स्थान उहाँहरुको सचिवालयले मिलाउला ।’

विगतको दश बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरदल गर्ने जिम्मा उहाँहरुलाई दिने विगतको कार्यदलले निर्णय गरेको छ । त्यस आधारमा उहाँहरुले जे जस्तो समझदारी गरे पनि पार्टीका नेता कार्यकर्ताले स्विकार्ने उच्च तहको समझदारी बनेको छ । एमाले स्रोतका अनुसार अध्यक्ष ओली र नेता नेपालले के के कुरामा सहमति गरेर मिल्ने मिलाउने भन्ने विषयमा पनि दोस्रो तहका नेताहरुले करिब सुझाएका छन् । ‘अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएर र नेता नेपालको प्रस्तावमा अध्यक्ष ओली सहमति भएर नै भेटघाट तय भएको हो,’ एक नेताले भन्नुभयो‘अस्ति जस्तो भेटघाटपछि एमाले नेता कार्यकर्ताले निराश हुनुपर्ने अवस्था आउदैन ।’

आफ्नो समूह भित्रका अधिकांश नेताहरुले अध्यक्ष ओलीसँग सहमति गरेर अघि बढ्न नेता नेपाललाई दबाब दिएपछि केही दिन देखि उहाँ लचिलो हुनु भएको छ । नेपालपक्षीय स्थायी कमिटी बैठकले पनि एकताका लागि पहल गर्ने निर्णय लिएको थियो ।