अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक आज एक बजे

प्रतिनिधिसभाको बैठक आज एक बजे


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सभामुखले अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हाल नेपाली कांग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा २०७८ साल साउन १५ गते निधन भएको थियो । उनको निधनप्रति संसदमा शोक प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।