काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विशेष जिम्मेवारी दिनुभएको छ ।
देउवा, प्रचण्ड र उपेन्द्र यादबीच सोमबार साँझ बालुवाटारमा भएको बैठकले प्रचण्डलाई माधव नेपाल मिलाउने विशेष जिम्मेवारी दिइएको हो । सोहीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज वार्ता भएको छ । नेपाल निकट कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुग्नुभएको थियो ।
नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएपछि देउवाले विशेष जिम्मेवारी दिनुभएको हो ।
नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने प्रयास गरिरहेकाबेला प्रचण्ड कोटेश्वर आउनुभएको हो ।
प्रतिक्रिया