अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला घटना छानबिन गर्न संसदीय समिति बनाउन सांसद ठगुन्नाको माग

दार्चुला घटना छानबिन गर्न संसदीय समिति बनाउन सांसद ठगुन्नाको माग


काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ठगुन्नाले तत्काल संसदीय समिति गठन गर्न माग गर्नुभएको हो । जयसिंह धामी वेपत्ता सम्बन्धी घटनालाई सरकारले संवेदनशील रुपमा नलिएको उहाँले बताउनुभयो ।

सांसद ठगुन्नाले भन्नुभयो, ‘सीमामा एउटा नेपालीको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रूपमा विरोध गर्ने र दोषीलाई कारबाही गर्नुको सट्टा समिति बनाएर घटनालाई साम्य पार्न खोजिएको छ ।’

दोषी भारतीय सुरक्षाकर्मीलाई मानव हत्याको अभियोगमा कारबाही गर्न र जयसिंहका परिवारलाई क्षतिपूर्ति दिन उहाँले सरकारसँग माग गर्नुभयो । सो घटनाको आफू र आफ्नो पार्टी एमालेले घोर भत्सर्ना गरिएको पनि सांसद ठगुन्नाले बताउनुभयो ।

यो घटना प्रतिनिधि घटनामात्र भएको भन्दै उहाँले भन्नुभयो, ‘यसमा भारतलाई मात्र दोष दिएर हामी उम्कन मिल्दैन, नैतिक दायित्व हामीले पनि लिनुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले माथिल्लो एकातर्फको बाटो बनाइसकेको भन्दै उहाँले नेपाली नागरिकले तुइन तन्न नपर्ने अवस्था बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।