अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसएसबीको अपराधपूर्ण कामले जयसिंह धामी महाकालीमा बेपत्ता : खगराज अधिकारी

एसएसबीको अपराधपूर्ण कामले जयसिंह धामी महाकालीमा बेपत्ता : खगराज अधिकारी


काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले अघिल्लो सरकारले महाकाली नदीमा ४ वटा झोलुङ्गे पुल शिलान्यास गरेको स्मरण गराउनुभएको छ ।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भारतीय एसएसबीको अपराधपूर्ण क्रियाकलापका कारण जयसिंह धामीको मृत्यु भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले यो घटनालाई सरकारले घुमाउरो रूपमा तुइन तर्दा डोरी आफैँ चुँडिएको जस्तो भन्न खोजेको आरोपसमेत लगाउनुभयो ।

पूर्वगृहमन्त्री समेत रहनुभएका अधिकारीले अपराधीलाई कारबाहीको माग गर्दै ४ वटा झोलुङ्गे पुल र बाटो अघिल्लो सरकारले शिलान्यास गरेको हो कि भन्दै मन्त्री खाँणसँग जवाफ माग गर्नुभयो ।

अहिलेको सरकारले झोलुङ्गे पुल र बाटो शिलान्यासको जस लिन नहुने सांसद अधिकारीको भनाई थियो ।