अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमै महेश बस्नेतले केपी ओली आइलभ यू भनेपछि…

संसदमै महेश बस्नेतले केपी ओली आइलभ यू भनेपछि…


काठमाडौं– नेकपा एमालेका सांसद महेश बस्नेतले परमादेशबाट बनेको देउवा सरकारको पसलपसलमा आलोचना सुरु भएको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै मन्त्री बन्न खोजेकाहरू बेरोजगार बनेर आत्महत्या गर्छु भन्दै हिँड्न लागेको समेत उल्लेख गर्नुभयो ।

सांसद बस्नेतले वर्तमान सरकारले अघिल्लो सरकारले व्यवस्थापन गरेको खोप समेत लगाउन नसकिरहेको बताउनुभयो ।

उहाँले दार्चुला जिल्लामा तुहिन काटिएर बेपत्ता भएका जय सिंह धामीले अझै न्याय पाउन नसकेको र सरकारले न्यायका लागि बोल्न समेत नसेकेको बताउनुभयो ।

सांसद बस्नेतले सरकार बनेको तीन सातामै खोप काण्ड, व्यापारीलाई मन्त्री बनाएको काण्ड, जयसिंह धामीको हत्या, सरकार विस्तारमा ढिलाईलगायतका दर्जनौ कारण जनताले परमादेशको सरकारले केही गर्न नसक्ने भन्दै जनादेशमा प्रधानमन्त्रीलाई सम्झिएको बताउनुभयो ।

उहाँले जनताहरू अहिले केपी ओली आइलभ यु भनिरेको समेत बताउनुभयो । सांसद बस्नेतले केपी ओली आइलभ यु भनेसँगै सभामुख अग्निप्रसाद सापकोटाले सांसद बस्नेतको माइक काट्नुभएको थियो ।

सांसद बस्नेतको कविता :

एसएसबीले तुइन काटे,
जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मैन बस्
समाचार नबनाउ,
प्रधानमन्त्री भन्नुहुन्छ खोपो, खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप
उपसभापतिको घरमा खोप
होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
जनता दिनरभर लाइनमा खोप न सोप ।

विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउछ,
दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ
स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढी पीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन् ।
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यलयहरु फोड्दै छन् ।
माओवादी जसपा भन्दैछन्,
मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंका ल्याए,
भुकम्प ल्याए ।

परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ ।
मन्त्री परिषद गठन भएन,
न्युनतम साझा कार्यक्रम आएन,
प्रधानमन्त्री, अब बेरोजगार भएका त्रीपाठीहरुलाई अदालत पठाउनुहोस् ।
फलाना पार्टीका फलना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुहोस्
नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दै छन् केपी बा आइ लभ यु ।