अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डसँगको छलफललगत्तै माधव नेपालले बोलाउनुभयो केन्द्रीय कमिटी बैठक

प्रचण्डसँगको छलफललगत्तै माधव नेपालले बोलाउनुभयो केन्द्रीय कमिटी बैठक


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको बैठक आह्वान गर्नुभएको छ ।

उहाँले भोलि (बुधबार) बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठकमा उपस्थित हुन नेपाल समूहले आफ्नो केन्द्रीय सदस्यहरूलाई सूचनासमेत पठाइसकेको छ ।

स्थायी कमिटीका सदस्यहरूसँग लगातार छलफल गरिरहेका नेपालले केन्द्रीय कमिटीबाट पार्टी एकता वा विभाजनको टुंगो लगाउन खोज्नुभएको हो ।

आज मात्रै उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग लामो छलफल गर्नुभएको थियो । प्रचण्डसँगको छलफललगत्तै नेपालले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।