अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा थप एक साता लम्बियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा थप एक साता लम्बियो निषेधाज्ञा


काठमाडौं– उपत्यकामा थप एक सात निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौंका तीन प्रमुख जिल्ला अधिकारीका आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलेकै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक हप्ता निषेधाज्ञा थपेका छौँ ।’