अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली-नेपालबीचको भेटवार्ता स्थगित

ओली-नेपालबीचको भेटवार्ता स्थगित


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

विघटित कार्यदलका सदस्यहरूको पहलमा अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता आज साँझ हुने समय तालिका थियो ।

पार्टी एकतालाई अगाडि बढाउने उद्देश्यसाथ उहाँहरूबीच भेटवार्ता हुन लागेको थियो । तर, फेरि अन्तिम समयमा आएर उहाँहरूबीचको भेटवार्ता स्थगित भएको हो ।

यसैबीच, माधव समूहले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज मोओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि नेपालले केन्द्रीय कमिटी बैठक बोाउनुभएको हो ।