अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक : मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभा बैठक : मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौं– प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले सिंहको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो । तत्कालीन राष्ट्रिय प्रजातन्त्रपार्टीबाट विसं २०४८ को प्रतिनिधिसभामा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका सिंह पछिल्लो समय नेपाली कांग्रेस पार्टीसँग आबद्ध हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।