अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज


काठमाडौं– मस्तिष्कघात भएर काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहनुभएका पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज हुनु भएको छ ।

यही साउन १ गते अचानक बिरामी परेपछि उहाँलाई हेलिकोप्टरबाट काठमाडौंस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो। १९ दिनअघि मेयर जिसीलाई आफ्नै निवासमा बिहान ४ बजेतिरको समयमा मस्तिष्काघात भएको थियो । त्यसलगत्तै उहाँलाई पोखराको मणिपाल अस्पताल हुँदै थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

डिस्चार्ज हुनुभएका मेयर जिसी चिकित्सकको निगरानीमा छोरीको घर बुढानिलकण्ठमा बस्ने मेयरको सचिवालयले जनाएको छ ।

जिसीका प्रेस संयोजक माधव बरालले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अस्पतालले १९ औँ दिनमा आज डिस्चार्ज गरेको बताउनुभयो ।