काठमाडौं– शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त हुनुभएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका-१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आयोगको सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त हुनुभएको छ ।
आयोग झण्डै एक वर्षदेखि पदाधिकारीविहीन रहेको थियो ।
प्रतिक्रिया